Showing posts with label Event. Show all posts
Showing posts with label Event. Show all posts

Monday, November 15, 2010

खुत्रुकेको पैसा पुस्तकालय बनाउन





मिति - २०६७- ०६- ३०
स्थान- बिज्ञान प्रा. बि.,हर्मि-८, गोरखा
म रसिक ढकाल हाल काव्य माध्यमिक स्कूल, बानेश्वर को कक्षा ५ मा अध्यनरत छू. मेरो लामो जापान बसाई र पुस्तक प्रतिको मोह अनि शिक्षामा परिबर्तनको चाहनाले नै होला, २००६ मा छुटटीमा नेपाल आउदा मलाई केही स्कुलको भ्रमण र पुस्तकालय एबम अन्य भौतिक पुर्बाधारको आंकलन गर्न मन लाग्यो। यसै सिलसिलामा मेरो मामा घर नजिकैको बोर्डिंग स्कुल माँ गए, छड़ी लिएर पढ़ाएका थिए, कुखुरो बनाउने धम्की थियो. फेरी बुबाको जन्मथलो हर्मि-८, गोरखा जांदा त्यहाँ स्थित बिज्ञान प्रा. बि. मा पनि गएं. ठुलोबुबा जो अहिले बेपत्ता हुनुहुन्छ, उहा, बुबा र अरु अन्कलहरुको सक्रियातामा स्थापना गरेको उक्त स्कुलमा जाँदा बिद्यार्थी, शिक्षक, बेन्च, कालोपाटी जस्ता आधारभूत संरचना मात्रै देखेपछि मलाई कता कता बिझायो र आफूले केही गरिदिने अठोटका साथ जापान फर्किए . हरेक दिन केही रकम स्कुलको लागी दान गर्ने भनी स्कुलको खुत्रुके बनाई २ बर्षको अबधिमा जम्मा भएको रकम जापानी येन १२,००० बाट हुन आउने ने. रु. १०,००० र बुवाआमाको तर्फबाट रु १०,००० गरी जम्मा रु २०,००० बाट उपलब्ध हुन सक्ने बालपुस्तक किनी दिने निर्णय गर्यौ। उनको यो चाहना पूरा गर्न केही पुस्तक किनी नवमीको दिनमा हस्तांतरण गर्ने निधो भयो। जसअनुरूप उक्त दिन स्थानीय युबादाईहरूले हरूले गरेको जनचेतानामुलक सांस्कृतिक कार्यक्रमको समापन पछि बिध्यालय प्राङ्गणमा भेला भएका बिद्यार्थी, शिक्षक, अभिभाबक बिदेशी पाहुना र बुद्दिजीबीको रोहोबरमा एक कार्यक्रममा संचालन भयो. उक्त बिध्यालयका शिक्षक कृष्ण प्रसाद अधिकारीको उदघोषण, स्थानीय अभिभाबक भुबनेश्वर भट्ट, जीवन ज्योति ढकाल, पुस्तक प्रदान गर्ने म आफै र मेरो बुबाको छोटो मनतब्य पछि सांकेतिक पुस्तक हस्तान्तरण गर्ने कार्य सम्पन्न भयो. यस कार्यलाई मन पराई आस्ट्रेलिया स्थायी बसोबास गर्ने मेरो मामा जीबन ढुंगानाले पनि रु २०,००० र जर्मन नागरिक उत्ता देलेफंटबाट रु १,००० र भारतीय नागरिक चेतन इसरानी बाट रु १,००० थापिदिनु भयो. यसरी जम्मा भएको संकलित रकम रु ४२,००० बाट आबस्यक पुस्तक किन्ने सल्लाहा भयो. मलाई आशा छ, यसरी बिना पुस्तक पढने र पढाउने शिक्षण गतिबिधिमा केही सुधार आउने छ, कही लक्षण पनि देखिएकाले र संपूर्ण अभिभाबक एबम बुद्धिजीबीको हौसला र प्रोत्साहनले म एक कक्षा ५ मा अध्यनरत बिध्यार्थिको मन पनि प्रफुल्लित बनायो। बास्ताबमा "मेरो चाकलेट खाने पैसाले किताब किनिदिएको हो, अब भने म गाउ जाँदा पनि किताब पढन पाइने भइयो र पाठ्य सामाग्री नपाएका मेरै दाई भाई, दीदी बहिनीले पनि पढ्न पाउने हुनु भयो. यस्तो गर्न पाउंदा माँ धेरै खुसी छू, र यो काम गर्न सघाउने बुबामा, मामा, उता दीदी, चेतन अंकल र अन्य सबैलाई धन्यबाद.

Tuesday, November 24, 2009

University Festival!

There was an university festival and my usual soccer game on the day, I went to the play ground in the morning, played soccer with my friend and later joined with my dad, mom, aunty and didi to have look how is the University event. I enjoyed alot on learning the new facts about many living beings, enjoyed the food the stall offered in a wide range and also enjoyed painting. I was looking forward for pickling of  oranges, but unfortunaely, university has postponed as boars are encroached to the field a day before of the event. In over all, it was great as there was concerts, stalls for food, displaying many educative creation.Have a look on some photoes taken while I have taken during the time.